२०८३ अषाढ १७, बुधबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा डुबेर एक युवकको मृत्यु

२०८२ बैशाख २९, सोमबार प्रकाशित ( साल अघि) ७१३ पाठक संख्या

नवलपुर – नारायणी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ ।

भरतपुर महानगरपालिका-१७ निवासी १८ वर्षीय कुमार नेपालीको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।

मझुवास्थित नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेका नेपालीलाई तत्काल उद्धार गरी उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएको थियो । तर, अस्पतालमा उपचारका क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र खनालले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस