२०८२ बैशाख २७, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मोटरसाइकल दुर्घटना: दुई युवकको मृत्यु

२०८२ बैशाख २७, शनिबार प्रकाशित ( घण्टा अघि) १०७८ पाठक संख्या

कावासोती । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । कावासोती नगरपालिका–१ लोकहा नजिकै भित्री सडकखण्डमा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा दुई युवकको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार लु १३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा कावासोती नगरपालिका–११ शान्तिटोल बस्ने ईश्वर दर्लामी वर्ष २३ र वर्ष २१ का सागर दर्लामी गम्भीर घाइते भएका थिए ।

उनीहरूलाई उपचारका लागि तत्कालै मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। तर, उपचारको क्रममा दुवैको ज्यान गएको प्रहरीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१७%१%

प्रतिक्रिया दिनुहोस