२०८२ कार्तिक ८, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा कार दुर्घटना : तीन जना घाइते

२०८२ बैशाख २५, बिहिबार प्रकाशित ( महिना अघि) ४५० पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका–८, जयश्री पुल नजिकको पूर्व–पश्चिम राजमार्गमा बुधबार राति कार दुर्घटना हुँदा तीन जना घाइते भएका हुन्न ।

गोरखाबाट सुर्खेततर्फ जाँदै गरेको बा ३ च ७९८ नम्बरको कार साँझ करिब ९:२० बजे सडक छेउमा राखिएको गिटिको थुप्रोमा चढेपछि दुर्घटना भएको हो। दुर्घटनामा गोरखा सहिदलखन गाउँपालिका–७ का ५१ वर्षीय चालक एकलाल श्रेष्ठको घाइते भएका छन् ।

त्यस्तै, सवारीमा सँगै रहेका गोरखा नगरपालिका–११ का ६८ वर्षीय गंगालाल श्रेष्ठ र ५५ वर्षीया बिमला श्रेष्ठको निधारमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते तीनैजनाको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस