२०८२ बैशाख २१, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा हिलाम्य सडक खुलाइएपछि दाउन्ने खण्डमा सवारी सुचारु

२०८२ बैशाख २१, आईतबार प्रकाशित ( घण्टा अघि) ९७ पाठक संख्या

नवलपुर । बिहानैदेखि अवरुद्ध भएको बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्ने क्षेत्रको सडक दिउँसोबाट पुनः सन्चालनमा आएको छ ।

सडकमा वर्षाका कारण जम्मा भएको हिलो तथा गेग्रान हटाएपछि सवारी आवागमन सुचारु गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बिहान सवारी साधन चिप्लिने र उकालोमा फस्ने समस्याले सडक बन्द भएको थियो।

सडक खुलाएसँगै दुबैतर्फ रोकिएका सवारी साधन गन्तव्यतर्फ अगाडि बढ्न थालेका छन् । यद्यपि, सडक अझै पूर्ण रूपमा सुरक्षित नभएकाले यात्रा गर्दा सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस