२०८२ बैशाख २१, आईतबार
नयाँ
पछिला अपडेट

दिनबन्धु पोखरेल कोटीहोममा कथा वाचन गर्न आउँदै, प्रतियोगिता र प्रवचनले भक्तजनको मन जित्दै

२०८२ बैशाख २१, आईतबार प्रकाशित ( घण्टा अघि) ७२ पाठक संख्या

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउन लागेका छन्।

प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार पोखरेल आगामी वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म आफ्नै झाँकी तथा संगीत समूहसहित कथा वाचन गर्ने कार्यक्रम तय भएको छ।

१७ दिनदेखि जारी महायज्ञमा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, रामायण प्रवचन, श्रीमद्भागवत कथा वाचन लगायतका कार्यक्रमहरू दैनिक रूपमा सञ्चालन भइरहेका छन्। चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पराकुशजी, वाचिका सुप्रिया, तथा अन्य साधु-सन्तमार्फत प्रवचन भइरहेको छ।

यसअघि अनुराधा पाण्डेले श्यामद भागवत कथा प्रवचन गरेकी थिइन् भने अन्तर्राष्ट्रिय वाचिका देवीप्रतिभाले १४ दिनसम्म श्रीमद्भागवत कथा सुनाएर पोखरेलीको मन जितेकी थिइन्। संकल्पकर्ता विजय कृष्णमूर्तिका अनुसार देवीलाई जेठ १० देखि १६ सम्म पुनः बोलाउने तयारी भइरहेको छ। हाल उनी भारतको झारखण्डमा छन्।

महायज्ञ स्थलमा दैनिक बिहान ८स्०५ बजे एक सय कुण्डमा तीन, तीन जना ब्राह्मणद्वारा गायत्री मन्त्र विधिबाट हवन गरिन्छ। साथै, १०८ भागवत महापुराण पाठ, चार वेद पाठ, सप्तचण्डी, अति रुद्री, मन्त्रजप आदि नियमित रूपमा हुँदै आएको छ।

शनिबारदेखि सुरु भएको खुला भजन चुट्का प्रतियोगितामा देशभरका करिब तीन सय सहभागीले प्रतिस्पर्धा गरिरहेका छन्। संयोजक प्रजापति पराजुलीका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने सहभागीलाई क्रमशः ३ लाख ५५ हजार ५५५, २ लाख ५५ हजार ५५५, १ लाख ५५ हजार ५५५ र जनही ६५ हजार रुपैयाँ पुरस्कार दिइनेछ। प्रतियोगिताका ११ विधामा छुट्टाछुट्टै २५ हजार ५२५ रुपैयाँको पुरस्कार पनि प्रदान गरिनेछ।

वैशाख ३ गते भूमिपूजनसहित यज्ञ कुण्ड खनी सुरु गरिएको यो महायज्ञ २०८२ जेठ २६ गतेसम्म पोखरा–१७ स्थित सदाशिव सिद्देश्वर हरिहर मन्दिरको जग्गा तथा आसपासका क्षेत्रहरूमा सञ्चालन हुनेछ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस