२०८२ अषाढ २४, मंगलबार
नयाँ
पछिला अपडेट

दुम्किवास स्थित पूर्व–पश्चिम राजमार्ग अवरुद्ध, बाढीले डाइभर्सन बगायो

२०८२ बैशाख १९, शुक्रबार प्रकाशित ( महिना अघि) ५४८ पाठक संख्या

कावासोती । आज बिहान करिब ८ बजे दुम्किवासस्थित विनयी खोलामा एक्कासी आएको बाढीले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत वुटवल–नारायणगढ सडक खण्डको डाइभर्सनको केही भाग बगाएको छ।

डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुँदा सवारी आवागमनमा समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

साना तथा यात्रुवाहक सवारीसाधनलाई होङ्सी गेटबाट वैकल्पिक मार्ग हुँदै गन्तव्यतर्फ पठाइएको छ भने मालवाहक सवारीसाधन होङ्सी गेट र अरुणखोला क्षेत्रमा रोकिएको प्रहरीले जनाएको छ।

बाढीले सडक बगाएपछि यातायात प्रभावित भएको र तत्कालै डाइभर्सन मर्मतका लागि पहल भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस