२०८२ बैशाख १७, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीका युवकको पोर्चुगलमा मृत्यु

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित ( दिन अघि) १११२ पाठक संख्या

कावासोती । नवलपुरको कावासोती–१६ डन्डाका २५ वर्षीय विजय परियारको पोर्चुगलमा उपचारका क्रममा मृत्यु भएको छ।

सन् २०२१ मा क्रोसिया हुँदै पोर्चुगल पुगेका परियार चार वर्षदेखि कृषि फर्ममा कार्यरत थिए। केही समयदेखि बिरामी रहेका उनलाई वैशाख ११ गते मृत्यु भएको खबर आएको हो।

फोक्सोमा पानी जम्ने र नसा सम्बन्धी समस्या देखिएपछि विदेशमै उपचार गराइरहेका परियारको मृत्यु भएपछि परिवारले शव नेपाल ल्याइदिन सरकार र नेपाली समुदायसँग परिवारले आग्रह गरेका छन्।

कावासोती १५ का वडा अध्यक्ष आनन्द श्रेष्ठले मृतक परियारको शव नेपाल ल्याउनका लागि आवश्यक सहजीकरण गरेको बताए । वडा कार्यालयले नवलपुर सम्पर्क समाज पोर्चुगललाई पत्राचार गरेर आवश्यक कानुनी तथा प्राविधिक सहयोगका लागि पनि आग्रह गरेको छ । नेपालमा स्वास्थ्य जाँच गरेर औषधी लिएर गएका परियार पोर्चुगल पुगेको केही समयपछि बिरामी परेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१७%

प्रतिक्रिया दिनुहोस