२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई बालकको शव फेला

२०८२ बैशाख ४, बिहिबार प्रकाशित ( साल अघि) १३२४ पाठक संख्या

चोरमारा । मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको शव फेला परेको छ।

मङ्गलवार साथीहरूसँग नदीमा पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ निवासी १५ वर्षीय विजय पौडेल र १३ वर्षीय प्रज्वल पौडेल नदीमा डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये प्रज्वलको शव बुधवार दिउँसो फेला परेको थियो भने विजयको शव आज भेटिएको प्रहरीले जनाएको छ ।

दुवै बालक दाजु–भाइका छोरा हुन्। पाँच जना बालकहरू मिलेर बिदाको सदुपयोग गर्ने उद्देश्यले ड्राइ पिकनिकुका लागि नारायणी नदी किनार गएका थिए। तर, पौडी खेल्ने क्रममा दुई जना नदीमा डुबेर बेपत्ता भएका थिए।

मृतक दुबै जनाको शव पोष्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधु नेपालीले जानकारी दिनुभयो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१४%

प्रतिक्रिया दिनुहोस