२०८२ अषाढ २, सोमबार
नयाँ
पछिला अपडेट

विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेयद्वारा चैत्र २९ गतेदेखि गण्डकी कोटिहोममा कथा प्रवचन सुरु

२०८१ चैत्र २४, आईतबार प्रकाशित ( महिना अघि) २४७ पाठक संख्या

पोखरा पोखरा महानगरपालिका वडा नं: १७, बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । महायज्ञको प्रचारप्रसारका विविध कार्यक्रमहरू अहिले तीव्र रूपमा सञ्चालन भइरहेका छन्।

महायज्ञ २०८२ साल बैशाख १७ गतेदेखि औपचारिक रूपमा सुरु हुने भए पनि प्रचारप्रसारको उद्देश्यले कथा प्रवचन कार्यक्रम यसै चैत्र २९ गतेदेखि सुरु हुने भएको छ। पहिलो कथा प्रवचनका लागि भारतबाट विश्वकै कान्छी भागवत वाचिका अनुराधा पाण्डेय नेपाल आउन लागेकी छन्। बालविदूषी अनुराधा पाण्डेयले चैत्र २९ गतेबाट कथा प्रवचन गर्ने कार्यक्रम तय भएको मानव सेवा फाउण्डेसन नेपाल, कास्की शाखाले जानकारी दिएको छ।

महायज्ञ अवधिभर शंकराचार्य, जगद्गुरु, साधुसन्त, महन्तसँगै विभिन्न देशबाट प्रसिद्ध कथा वाचक र वाचिकाहरूको आगमन हुने कार्यक्रम तय गरिएको छ। यस विराट आयोजनामा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण, हनुमान कथा, श्रीमद् देवीभागवत कथा वाचन गरिनेछ। साथै, लाखौँको विवाह, ब्रतबन्ध, चौरासी पूजा, तुलादान, प्रत्येक नेपालीको नाममा कोटी दीप प्रज्वलन, लाखौँ रामनाम पुस्तिका वितरण, एक करोड शिवलिङ्ग स्थापना र एक करोड बेलपत्रद्वारा पूजन गरिने जनाइएको छ।

त्यस्तै, राष्ट्रिय भजन प्रतियोगिता, कवि तथा सन्त सम्मेलन, धार्मिक संघ–संस्थाको सम्मेलन, ११ हजार कलश पूजन, २५ हजार नरिवलको भोग, कन्या पूजा, ज्येष्ठ नागरिक सम्मान, गण्डकी प्रदेशका एक हजारभन्दा बढी स्रष्टा सम्मान, शालिग्राम पूजन, चित्रकला प्रतियोगिता, रक्तदान, साथै तन्दुलाञ्चल र धान्याञ्चल पर्वत निर्माण, धार्मिक वक्तृत्वकला प्रतियोगिता लगायतका कार्यक्रमहरू समेत आयोजना गरिने छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस