२०८२ पौष १, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित २० जना घाइते

२०८१ चैत्र १३, बुधबार प्रकाशित ( महिना अघि) १४२२ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीको बर्दघाटमा स्कुल बस र यात्रुबाहक बस ठोक्किँदा १४ विद्यार्थीसहित २० जना घाइते भएका छन्।

बर्दघाटस्थित चिसापानी अस्पतालअगाडि बुधबार बिहान भएको दुर्घटनामा भुताहस्थित ग्लोबल एकेडेमीको लु १ ख ८७० नम्बरको स्कुल बसलाई अर्को यात्रुबाहक बसले ठक्कर दिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय, बर्दघाटका अनुसार दुर्घटनामा परेका १४ विद्यार्थी र ६ जना अन्य यात्रुको स्थानीय अस्पतालमा उपचार गरिएको छ। सबै घाइतेको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%४%१%

प्रतिक्रिया दिनुहोस