२०८२ कार्तिक ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा टिप्पर दुर्घटना, चालकको मृत्यु, तीन घाइते

२०८१ फागुन १०, शनिबार प्रकाशित ( महिना अघि) १९४० पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ हार्वलेचोकमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

मकवानपुरको बागमती गाउँपालिका–६ फापरवासीका ३२ वर्षीय नरबहादुर वाइबाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिनुभयो ।

पाल्पाबाट चुनढुङ्गा बोकेर विनयी त्रिवेणी गाउँपालिका–४ सर्दीस्थित होङसी सिमेन्ट कम्पनीतर्फ जाँदै गरेको ना १ क ९१२९ नम्बरको टिप्पर दुर्घटना भएको हो।

घाइतेहरूमा विनयी त्रिवेणी गाउँपालिका–३ का २४ वर्षीय सुनिल सार्की, २३ वर्षीय दीपक सुनार, तथा पर्सा वीरगन्ज उपमहानगरपालिका–२७ का ३० वर्षीय ताज महमद हावारी रहेका छन्। उनीहरूलाई उपचारका लागि
लुम्बिनी हेल्थ केयर सेन्टर सर्दीमा उपचार भई रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%१%१%११%

प्रतिक्रिया दिनुहोस