२०८२ बैशाख १७, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिका प्लास्टिक रहित कार्यालय भएको घोषणा

२०८१ फागुन १, बिहिबार प्रकाशित ( महिना अघि) २६८ पाठक संख्या

चोरमारा । नवलपुरको मध्यविन्दु नगरपालिका बिहीबारदेखि प्लास्टिक रहित कार्यालय भएको घोषणा गरेको छ । नगरपालिकाको कार्यपालिकाको बैठकले फागुन १ गतेदेखि नगर कार्यालय र १५ वटै वडा कार्यालयमा प्लास्टिकका वस्तुहरू प्रयोग नगर्ने निर्णय गरेको हो। अब नगरपालिका परिसर र वडा कार्यालयहरूमा प्लास्टिकजन्य वस्तुहरू ल्याउने र प्रयोग गर्ने छैनन्।

नगर प्रमुख भिमलाल अधिकारीले उक्त निर्णयलाई दिगो रूपमा लागू गर्नका लागि माटो, सिसा, कपडा जस्ता वैकल्पिक सामग्रीहरूको प्रयोगका लागि योजना बनाएर अगाडि बढ्ने बताउनुभयो। यसका साथै, पालिकाले जलवायु परिवर्तनको असर न्यूनीकरण र वातावरण संरक्षणका लागि विभिन्न योजनाहरू कार्यान्वयन गर्दै आएको छ, जसअन्तर्गत फोहर व्यवस्थापन र जैविक मल उत्पादन कार्य पनि नगरले शुरु गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस