२०८३ जेष्ठ १, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैंडाको आक्रमणबाट एकजनाको मृत्यु

२०८१ माघ २४, बिहिबार प्रकाशित ( साल अघि) १७७० पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिकामा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका १ मिलनचोककी ४७ वर्षीया राममाया सोती बुधबारदेखि हराइरहेका थिइन्। आज उनलाई दिव्यमध्यवर्ती सामुदायिक वनमा मृत अवस्थामा फेला पारिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार, राममाया सोती आफ्नो चार जना साथीहरूसँग बुधबार घाँस काट्न गएकी थिइन्। यसक्रममा गैँडाले एक जनालाई आक्रमण गरी घाइते बनाएको थियो भने अन्य दुई जना भाग्न सफल भए।

सोती बेपत्ता भएकी थिइन् र आज उनको खोजीका क्रममा उनको शव फेला परेको हो। सोतीको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल डण्डामा राखिएको छ। प्रारम्भिक अनुसन्धानले गैँडाको आक्रमणकै कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक जेसी शाहले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%१५%

प्रतिक्रिया दिनुहोस