२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

देवचुलीमा मोटरसाइकल दुर्घटना, २ जना घाइते

२०८१ माघ ९, बुधबार प्रकाशित ( महिना अघि) १४४८ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका–१४ पावर हाउस अगाडि भएको मोटरसाइकल दुर्घटनामा २ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, पूर्व पश्चिम राजमार्गमा दलदलेबाट प्रगतिनगरतर्फ गइरहेको बा ३९ प ८३२९ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको हो।

दुर्घटजामा मोटरसाइकल चालक ५८ वर्षीय दयाराज तिवारी र ५९ वर्षीय टोपबहादुर घर्ति घाइते भएका छन्। चालक तिवारीको उपचार नँया मेडिकल कलेज भरतपुरको चितवनमा भइरहेको छ भने पैदल यात्री घर्ति भने देवचुली अस्पताल दलदलेमा उपचार गराइरहेका छन्। प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान शुरु गरेको जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस