२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

नेवाः देय दबु देवचुली नगर अधिवेशन: रामकृष्ण श्रेष्ठको नेतृत्वमा नयाँ समिति चयन

२०८१ पौष २२, सोमबार प्रकाशित ( महिना अघि) ३०८ पाठक संख्या

देवचुली । नेवाः देय दबु देवचुली नगर समितिको दोस्रो अधिवेशनमा रामकृष्ण श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ नगर समिति चयन गरिएको छ।

समितिको वरिष्ठ उपाध्यक्षमा घनश्याम कतिला, महिला उपाध्यक्षमा दुर्गा श्रेष्ठ, सचिवमा भिमबहादुर श्रेष्ठ र कोषाध्यक्षमा लोकप्रसाद श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो ।

सदस्यहरुमा लिलाप्रसाद श्रेष्ठ, ओमनकुमार श्रेष्ठ, रत्न प्रजापति, ओमकुमारी श्रेष्ठ, भोलाशंकर श्रेष्ठ र राजेन्द्र श्रेष्ठलाई पनि सर्वसम्मत चयन गरिएको नेवा देय दबु नवलपुरका सचिव रामकुमार श्रेष्ठले जानकारी दिनुभयो ।  निवर्तमान अध्यक्ष ईश्वरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको अधिवेशनमा नेवा देय दबुका केन्द्रिय उपाध्यक्ष हरिकुमार श्रेष्ठ, जिल्ला सचिव रामकुमार श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए।

अधिवेशनमा जिल्ला अध्यक्ष कृष्णकुमार श्रेष्ठ, जिल्ला उपाध्यक्ष जयराम श्रेष्ठ, देवचुलीका ५ वटा नेवा गुठीका सदस्यहरु लगायतको सहभागिता रहेको थियो। उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रिय उपाध्यक्ष हरि श्रेष्ठले नेवा समुदायका बालबालिकालाई विद्यालयमा नेवारी भाषा (नेपाल भाषा ) को संरक्षणका लागि कक्षा लिने महत्वमा जोड दिनुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस