२०८२ अषाढ ३, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा घरको ट्रस बनाउँदा लडेर युवकको मृत्यु

२०८१ पौष २०, शनिबार प्रकाशित ( महिना अघि) ४३६३ पाठक संख्या

कावासोती । नवलपुरको देवचुली नगरपालिका – १५, प्रगतिनगर निवासी ३९ वर्षीय भविश्वर काफ्ले घरको ट्रस बनाउँदै गर्दा दुर्घटनामा परेर निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, काफ्लेले नातामा अंकल पर्ने लिला नाथ काफ्लेको एक तल्ले घरको माथि ट्रस छाउने कार्य गरिरहेका थिए। यस क्रममा अचानक लडेर उनी टाउकोमा गम्भीर चोट लागेको थियोे । घाइते अवस्थामै उनलाई उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन लगिएको थियो।

उनको उपचारको क्रममा दुखद निधन भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%१%४३%२%

प्रतिक्रिया दिनुहोस