कावासोती । नवलपुरमा सवारी दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आज बिहान ९:३० बजे कावासोती नगरपालिका – २ स्थित फलफुलचोकमा पूर्व-पश्चिम राजमार्गमा दुई सवारी साधन एकआपसमा ठोक्किएका हुन् ।
बुटवल-नारायणगढ तर्फ जाँदै गरेको बा.प्र.०६-००१ प ६५३६ नम्बरको मोटरसाइकल र फलफुलचोकबाट टरुवा तर्फ आउँदै गरेको प्र.२-०३-००६ प १११ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटनामा ६५३६ नम्बरको मोटरसाइकल चालक, २७ वर्षीय हिमाल रानाभाट, र सवार ३३ वर्षीय चित्र बहादुर रानाभाट घाइते भएका थिए । उनीहरूलाई उपचारको लागि नवलपुर अस्पताल कावासोती पठाइएको छ । सवारी साधनलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

