२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

कावासोतीमा मोटरसाइकल दुर्घटना, चालक घाइते

२०८१ कार्तिक २६, सोमबार प्रकाशित ( साल अघि) १८३७ पाठक संख्या

कावासोती – नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एकजना घाइते भएका छन् । कावासोती नगरपालिका वडा नं: ८ स्थित पूर्व-पश्चिम राजमार्गमा प्रगतिनगरबाट कावासोतीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा मधेश प्रदेश ०३-०२३ प ९४४८ नम्बरको मोटरसाइकलका चालक नारायण अधिकारी ३७ वर्षीय देवचुली नगरपालिका-१० प्रगतिनगरका स्थायी बासिन्दा हुन्, उनले नियन्त्रण घुमाएर दुर्घटना हुँदा घाइते भएका छन्।

घटना भएको प्रहरीले जानकारी प्राप्त हुनासाथ तुरुन्तै घटनास्थलमा पुगेर अधिकारीलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल डण्डा पठाएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%१%

प्रतिक्रिया दिनुहोस