२०८३ जेष्ठ २, शनिबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा ५८ वर्षीय व्यक्ति मृत भेटिए, प्रहरी अनुसन्धान जारी

२०८१ कार्तिक २५, आईतबार प्रकाशित ( साल अघि) ५९६ पाठक संख्या

गैंडाकोट । नवलपुरको गैडाकोट ६ स्थित मिलिजुली टोल निवासी ५८ वर्षीय ओम बहादुर लुङगेली मगर मृत अवस्थामा फेला परेका छन्।

हिजो राति खाना खाएर आफ्नै घरमा सुत्न गएका मगर आज अबेरसम्म नउठेपछि दिउँसो साढे ११ बजे प्रहरी घटनास्थल पुगेको थियो।

प्रहरी अनुसार, कोठा भित्र चुक्कल लगाएर सुतेका थिए र ढोका खोली हेर्दा उत्तानो अवस्थामा मृत फेला परेका थिए । घटनाको प्रारम्भिक अनुसन्धान गरी शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%२%

प्रतिक्रिया दिनुहोस