२०८३ अषाढ १, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

२०८१ कार्तिक २०, मंगलबार प्रकाशित ( साल अघि) २४१५ पाठक संख्या

कावासोती ।  नवलपुर जिल्लाको कावासोती नगरपालिका–७ स्थित बोटे टोलका ६५ वर्षीय सुक बहादुर बोटे गैँडाको आक्रमणमा परि मृत्यु भएका छन्।

सोमबार दिउँसो, बोटे घर नजिकैको कृष्णसार सामुदायिक वनमा गाई चराउन गएका थिए, जहाँ अचानक गैँडाले उनलाई आक्रमण गरेको प्रहरीले जनाएको छ । गाई चराउने क्रममा एकाएक गैँडाले उनीमाथि हमला गरेको थियो।

गैँडाको आक्रमणमा बोटे गम्भीर घाइते भएका थिए र तत्कालै उनलाई उपचारका लागि कावासोतीस्थित कालिगण्डकी अस्पताल ल्याइएको थियो। तर, उपचारको क्रममा उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायव उपरीक्षक (डीएसपी ) जेसी शाहले जानकारी दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%३%२१%३%

प्रतिक्रिया दिनुहोस