२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा धुलो नियन्त्रणमा चासो नदिए: सडक अवरुद्ध गर्ने चेतावनी

२०८१ कार्तिक ५, सोमबार प्रकाशित ( साल अघि) १७३४ पाठक संख्या

कावासोती । बुटवल नारायणगढ सडक खण्डको कावासोती १६ डण्डामा स्थानियले सडक अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

उनीहरूले सोमबार प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सडकको धुलोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको, बजारमा व्यापारमा कठिनाइ भैरहेको र दैनिक जीवनमा असर परेको बताएका छन्।

स्थानियका अनुसार, चार वर्षदेखि उनीहरूले धुलोका कारण सास्ती भोग्दै आएका छन्। उनीहरूको गुनासो अनुसार, धुलोले फोक्सोको समस्या र अन्य स्वास्थ्य सम्बन्धी कठिनाइहरू उत्पन्न गराएको छ। यसै कारण, उनीहरूले डण्डा बजारको सडक छिटो कालोपत्रे गर्न र समस्या समाधानको लागि पहल गरिदिन आग्रह गरेका छन्।

Received_2274608059580039

ध्यानाकर्षण पत्र बुझाउने क्रममा स्थानियले भनेका छन् कि यदि समस्या चाँडो समाधान गर्न पहल गरिदैन भने उनीहरू सडक अवरुद्ध गर्ने र थप आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनेछन्।

प्रमुख जिल्ला अधिकारी पोख्रेलले यो विषयमा चासो लिईसम्बन्धित पक्षसँग छलफल गरी समस्या समाधानका लागि सक्दो प्रयास गर्ने आश्वासन दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%६%१%

प्रतिक्रिया दिनुहोस