२०८३ बैशाख २७, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरका पोख्रेलको दुःखद निधन: स्थानीयमा शोक

२०८१ आश्विन २८, सोमबार प्रकाशित ( साल अघि) १०५०१ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटका एक पुरुषको नदीमा नुहाउने क्रममा मृत्यु भएको छ ।

नवलपुरको गैँडाकोट नगरपालिका- २ का ४० वर्षीय नारायण पोख्रेलको नदीमा नुहाउने क्रममा मृत्यु भएको हो ।

हिजो बिहान पोख्रेललाई तनहुँको व्यास – ६ श्याम्घास्थित मादी नदीले बगाएको थियो र एक किलोमिटर तल उनको शव फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालयले दिएको छ ।

पोख्रेल , दशैंको अवसरमा ससुरालीमा आएका थिए । दसैँमा ससुराली आएका पोख्रेललाई नुहाउने क्रममा नदीले बगाएको थियो । स्थानीयवासी र प्रहरीले खोजतलास गरी उनको शवको उद्धार गरिएको हो। घटनाले स्थानीय समुदायमा दुःखको शोक परेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२०%३%५%६३%६%

प्रतिक्रिया दिनुहोस