२०८३ श्रावण २१, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको मौलाकालिका मन्दिरमा भक्तजनको घुइँचो

२०८१ आश्विन २४, बिहिबार प्रकाशित ( साल अघि) १८२२ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका १ मा रहेको ऐतिहासिक मौलाकालिका मन्दिरमा नवदुर्गाको पूजा प्रारम्भ भएदेखि नै दर्शनार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ। विशेषगरी, बडादशैंको सप्तमी, अष्टमी र नवमीका दिन मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

मन्दिर व्यवस्थापन समितिले भक्तजनलाई सहज बनाउन विभिन्न उपसमिति बनाएर सेवा प्रदान गरेको छ। नेपाल तथा भारतबाट हजारौं दर्शनार्थी यहाँ आउने गरेका छन्। गैंडाकोटदेखि मन्दिरको फेदीसम्म केबुलकार सञ्चालनमा आएपछि दर्शनार्थीको संख्या अझै बढेको छ।

१६औँ शताब्दीमा पाल्पाका राजा मणिमुकुन्द सेनले देवी कालिकाको प्रतीकका रूपमा मौलो गाडेर मन्दिरको स्थापना गरेको मानिन्छ। सप्तमीदेखि नवमीसम्म करिब २० हजारभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%५%१%

प्रतिक्रिया दिनुहोस