२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु – ३ चौराहामा नवदुर्गा भवानीको विजय उत्सवको भव्य तयारी

२०८१ आश्विन १६, बुधबार प्रकाशित ( साल अघि) ७७२ पाठक संख्या

चौराहा । मध्यविन्दु- ३ चौराहामा यस वर्ष पनि नवदुर्गा भवानीको विजय उत्सव र दिव्य नवरात्री ब्रतमहोत्सव भव्य रुपमा मनाउने तयारी भइरहेको छ ।

दुर्गा मन्दिरका मूल आयोजक समितिका अनुसार, आश्विन १७ गतेदेखि २४ गतेसम्म चल्ने यस उत्सवमा रिती रिवाज, परम्परा, श्रीमद्देवी भागवत महापुराण ( शक्ति कथा ) , धार्मिक भजन, संकीर्तन लगायतका कार्यक्रमहरू समावेश भएका छन्।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टापेन्द्र सेन ठकुरीले जानकारी दिए अनुसार, घट्स्थापनाको दिन विहान ११ बजे कलश यात्रा गर्ने तयारी गरिएको छ । यस दुर्गा मन्दिरमा श्रीमद्देवी भागवत महापुराणको बाचन पण्डित श्रीबाल ब्यास राधा शरण काफ्लेले संगीतमय शैलीमा गर्नेछन्।

समाजसेवी युवा नेता सुभाष नेपालले धार्मिक प्रवचन, भक्तिसंगीत, सामुहिक रुद्री, ग्रहजप लगायतका कार्यक्रमहरू पनि गरिने जानकारी दिएका छन्। साथै, राष्ट्रिय स्तरका कलाकारहरूको सहभागितामा भजन किर्तन पनि भव्य रुपमा गरिनेछ । यो उत्सवले हाम्रो परम्परा र संस्कृतिलाई जगेर्ना गर्दै धार्मिक आस्था र एकताको सन्देश फैलाउने अपेक्षा स्थानीय भक्तजनहरुले लिएका छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%

प्रतिक्रिया दिनुहोस