२०८३ भाद्र ५, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा करेन्ट लागेर एकको मृत्यु

२०८१ भाद्र ३१, सोमबार प्रकाशित ( साल अघि) ६७६ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोट नगरपालिका – ८ विजयचोक बस्ने ३२ वर्षीय मनिष परियारको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको छ ।

सोही ठाउँस्थित निर्माणाधीन घरमा काम गर्ने क्रममा फलामको रड उठाउँदा पोलमा टाँगिएको विजुलीको नाङ्गो तारमा छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका परियारलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन लगिएको थियो । तर, उपचारको क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस