२०८३ भाद्र ४, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा स्कुटी दुर्घटना: दुईजना घाइते

२०८१ भाद्र २९, शनिबार प्रकाशित ( साल अघि) २१२० पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु – ३ ईटौरा स्थित भित्रि सडक खण्डमा भएको दुर्घटनामा स्कुटर चालक ३८ वर्षीय दामोदर चौधरी घाइते भएका छन्।

उनलाई मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्रारम्भिक उपचार पछि थप उपचारको लागि ALIVE अस्पताल भरतपुर चितवन पठाइएको छ ।

स्कुटर पछाडि सवार ४१ वर्षीय सन्तोष महत्तोको अनुहार र दाहिने हातमा चोट लागेको छ र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको उपचार मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा भइरहेको छ। घाइते भएका दुवै मध्यविन्दु – १ पतवारी निवासी हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%५%

प्रतिक्रिया दिनुहोस