२०८२ फागुन ४, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ठगी प्रकरण: एक करोडभन्दा बढी ठगी गर्ने व्यक्ति पक्राउ  

२०८१ भाद्र १९, बुधबार प्रकाशित ( साल अघि) ७७३ पाठक संख्या

कावासोती । नवलपुरको गैंडाकोटमा एक ठगी प्रकरणमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी बेदबहादुर पौडेलका अनुसार, कावासोती नगरपालिका १७ निवासी ३९ वर्षीय प्रितम गिरीलाई अरविन्दु कुमार चौधरीको जाहेरीको आधारमा पक्राउ गरिएको हो।

गिरीलाई बुधवार गैँडाकोट नगरपालिका २ भृकुटी चोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो। उनले विभिन्न व्यक्तिबाट अष्ट्रेलिया पठाइदिन्छु भन्दै एक करोडभन्दा बढी ठगी गरेको आरोपमा पक्राउ गरिएको हो।

वैदेशिक रोजगार ठगी सम्बन्धी कसुरमा वैदेशिक रोजगार विभागले पनि उनलाई पक्राउ गर्न परिपत्र गरेको थियो। प्रहरीले गिरीलाई आवश्यक अनुसन्धानका लागि हिरासतमा राखेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस