२०८२ फागुन ४, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सेफ्टी टंकीमा काम गर्दा ३ जनाको मृत्यु

२०८१ भाद्र १४, शुक्रबार प्रकाशित ( साल अघि) ६३८ पाठक संख्या

कावासोती । नवलपुरको विनयी त्रिवेणीमा सेफ्टी टंकीमा काम गर्ने क्रममा ३ जनाको मृत्यु भएको छ ।

विनयी त्रिवेणीमा गाउँपालिका ७ रानीनगरमा निर्माणाधिन सेफ्टी टंकीमा काम गर्ने क्रममा निशासिएर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार, भोलासिंह क्षेत्रको घरको ट्वाइलेटको सेफ्टी टंकीमा काम गर्दा अचानक वेहोस भएर घरधनि भोलासिंह क्षेत्रका छोरा ३८ बर्षीय प्रकाश सिंह क्षेत्री, विनयी त्रिवेणी ७ निवासी शिव बोगटीका १९ बर्षीय छोरा गणेश बोगटी, र बर्दघाट नगरपालिका ७ निवासी २८ बर्षीय मोहम्द राजाको मृत्यु भएको छ ।

बेहोस भएका उनीहरुलाई उपचारका लागि लगिएकोमा प्रकाश सिंहको परासी स्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा, बोगटी र मोहम्द राजाको भिम अस्पताल भैरहवामा मृत्यु भएको हो। मृतकहरुको शव पोष्टमार्टमका लागि राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस