२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा डेंगीबाट १ जनाको मृत्यु

२०८१ भाद्र ४, मंगलबार प्रकाशित ( साल अघि) ८१७ पाठक संख्या

कावासोती  — नवलपुर जिल्लामा डेंगीको संक्रमणले एक जनाको ज्यान गएको छ। विनयी त्रिवेणी गाउँपालिका ७ का ६४ वर्षीय पुरुषको बुटवल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

स्वास्थ्य कार्यालय नवलपुरका किटजन्य रोग फोकल पर्सन डिल्लीराम तिवारीका अनुसार, जिल्लामा हालसम्म २४ जनामा डेंगी संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये १३ जना पुरुष र ११ जना महिला रहेका छन्।

जिल्लाका बिरामीहरू चितवन र बुटवलका अस्पतालमा स्वास्थ्य परीक्षणका लागि जाँदा डेंगी रोगबाट प्रभावितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ।

डेंगी रोगको रोकथाम र जनचेतनाका लागि स्थानीय तहले लामखुट्टेको बासस्थान नष्ट गर्ने र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरे पनि प्रभावकारी हुन सकेको छैन।

डेंगीको संक्रमणबाट बच्न सावधानी अपनाउनु आवश्यक छ। लामखुट्टेको टोकाइबाट बच्नका लागि मच्छरदानीको प्रयोग, घर वरिपरि सफा राख्ने, र पानी जम्न नदिने जस्ता उपायहरू अपनाउनु पर्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस