२०८३ अषाढ ८, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा सैनिकले हाने आफैंलाई गोली,घटनास्थलमै मृत्यु

२०८१ श्रावण १९, शनिबार प्रकाशित ( साल अघि) ९२९ पाठक संख्या

नवलपुर –  अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफ‌ैंलाई गोली हानेर आत्महत्या गरेका छन् ।

नवलपुरको कावासोती नगरपालिका–७ बाँदरझुलामा रहेको नयाँ गोरख गण ख गुल्मा अमलटारी सेक्टरमा कार्यरत एक नेपाली सेनाका जवानको आफ्नै हातले चलाएको गोली लागेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार, आज दिउँसो साढे १२ बजेको समयमा २२ वर्षीय सुदीप मिजारको आफूले चलाएको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो।

मिजार धादिङको गल्छी गाउँपालिका–४ का बासिन्दा हुन्। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनाको कारण भने खुल्न सकेको छैन।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%६%

प्रतिक्रिया दिनुहोस