२०८२ फागुन १८, सोमबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

२०८१ श्रावण १४, सोमबार प्रकाशित ( साल अघि) १०२५ पाठक संख्या

नवलपरासी । पश्चिम नवलपरासीमा धारिलो हतियार प्रहार गरेर एक जना युवाको हत्या भएको छ। पाल्हिनन्दन गाउँपालिका ५, हर्दीका २० वर्षीय सूर्यकुमार बढईको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहोराले सुतिरहेको अवस्थामा सूर्यकुमारको घाँटीमा धारिलो हतियार प्रहार भएको जानकारी दिए।

डिएसपी बोहोराका अनुसार सोही कोठामा उनका १६ वर्षीय भाइ पनि सुतेका थिए। तर उनले घटनाबारे थाहा नपाएको प्रहरीले जनाएको छ। शवलाई जिल्ला अस्पताल परासीमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%३%

प्रतिक्रिया दिनुहोस