२०८२ अषाढ ३२, बुधबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा नारायणी किनारमा एक पुरुषको शव फेला

२०८१ अषाढ १७, सोमबार प्रकाशित ( साल अघि) ८४२ पाठक संख्या

कावासोती । नवलपुरको गैँडाकोटमा एक पुरुषको शव फेला परेको छ । गैँडाकोट नगरपालिका ९ थुम्सी स्थित नारायणी नदी किनारमा अन्दाजी ६०/६५ वर्षको पुरुषको शव फेला परेको हो ।

नारायणी नदीले बगाएर ल्याएको अवस्थामा शव फेला परेको र चिन्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ ।

नदीले बगाएर ल्याएको शवको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पुर्वी नवलपरासीका डिएसपी बेद बहादुर पौडेलले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस