२०८३ श्रावण २२, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणीमा डुबेर बेपत्ता बालक मृत फेला

२०८१ अषाढ १५, शनिबार प्रकाशित ( साल अघि) १४१४ पाठक संख्या

कावासोती । नवलपुरको नारायणी नदी किनारमा एक बालक मृतक अवस्थामा शव भेटिएको छ ।

गैंडाकोट नगरपालिका – ६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर सोही नगरपालिका – ६ गैह्री बस्ने नेत्र बहादुर नेपालीको छोरा ८ वर्षीय युनिस नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

बुधबार साँझ नदी किनारमा पार्किङ गरी राखेको काठको डुङ्गामा खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शनिबार बिहान शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%

प्रतिक्रिया दिनुहोस