२०८३ बैशाख २३, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा माछा मार्ने क्रममा डुबेर एकजनाको मृत्यु 

२०८१ अषाढ २, आईतबार प्रकाशित ( साल अघि) १९४७ पाठक संख्या

कावासोती । नवलपुरमा माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । नारायणी नदीमा डुबेर ३७ बर्षीय पुरुषको मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्लाको कावासोती १३ गैरी निवासी पूर्णबहादुर मुसहरको नारायणी नदीमा माछा मार्ने क्रममा डुबेर मृत्यु भएको  हो ।

आज दिउँसो नारायणी नदीमा माछा मार्न गएका बोटेको माछा मार्ने क्रममा पानीमा डुबेर अचेत भएका उनलाई प्रहरीले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल डण्डामा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घटनाको प्रारम्भिक अनुसन्धान गरी मृतकको शव पोष्ट मार्टमका लागि मध्यविन्दु जिल्ला अस्पतालमा राखिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१४%१%

प्रतिक्रिया दिनुहोस