२०८३ जेष्ठ २, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा धारिलो हतियारले आफ्नै घाँटी रेटी गम्भीर घाईते

२०८१ जेष्ठ २३, बुधबार प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

देवचुली । नवलपुरको  देवचुलीमा एकजना व्यक्तिले आफैले धारिलो हतियारले घाँटी रेटेका छन् ।

देवचुली नगरपालिका वडा नं १० पृथ्वीनगरका १८ वर्षिय रमेश महतोले धारिलो हतियार चुलेसीले आफ्नै घाँटी रेटिरहेको अवस्थामा देखेपछि तत्काल उनका दाई राजकुमार महतोले उपचारका लागि अस्पताल सम्म पुर्याएका हुन्।

देवचुली अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारका लागि भरतपुर लगिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

घाइते महतोको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनी मानसिक बिरामी रहेको उनको परिवारले जनाएको र थप अनुसन्धान भइरहेको प्रहरीले भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%२%

प्रतिक्रिया दिनुहोस