२०८३ अषाढ २, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा नारायणी नदीमा डुबेर एकजनाको मृत्यु

२०८१ जेष्ठ १७, बिहिबार प्रकाशित ( साल अघि) १४४० पाठक संख्या

कावासोती । नवलपुरमा नारायणी नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्लाको गै‌डाकोटस्थित नारायणी नदीको दोभानघाटमा गैंडाकोट नगरपालिका–१४ का २८ वर्षका सुनील राना मगरको मृत्यु भएको हो ।

बुधबार नारायणी नदीमा माछा मार्न गएका मगर राति अबेर सम्म पनि घर नआए पछि खोजी गर्दा आज बिहान गैँडाकोट नगरपालिका १६ दोभानघाट स्थित नारायणी नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेद बहादुर पौडेलले बताउनु भयो ।

माछा मार्न गएका राना राति अबेरसम्म पनि घर नआएपछि खोजी गर्ने क्रममा मृत अवस्थामा भेटिएका हुन् । उनी छारे रोगको बिरामी भई नियमित रूपमा औषधी सेवन समेत गर्ने गरेको प्रहरीको भनाई छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१६%१%

प्रतिक्रिया दिनुहोस