२०८३ आश्विन १८, आईतबार
नयाँ
पछिला अपडेट

प्रथम मेन्टर कप : हर्कपुरलाइ ७ विकेटले पराजित गर्दै कुमारवर्ती दोस्रो चरणमा

२०८० फागुन १७, बिहिबार प्रकाशित ( २ साल अघि) ५५९ पाठक संख्या

कावासोती,नवलपुर ।  प्रथम मेन्टर कप नवलपुर जिल्ला स्तरीय खुल्ला क्रीकेट प्रतियोगिता २०८० को पाचौ दिनको खेलमा कुमारवर्ती स्ववियु ७ विकेटले विजयी भएको छ।हिजो कुमारवर्ती खेल मैदानमा सम्पन्न एक मात्रै खेलमा कुमारवर्ती स्ववियु टिमले हर्कपुर स्पोर्ट्स कमिटिलाइ ७ विकेटले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गर्न सफल भएको हो।

टस जितेर पहिलो व्याटिङ रोजेको हर्कपुरले निर्धारित १२ ओभरमा ९ विकेट गुमाएर ९० रन जोडेको थियो।९१ रनको विजय लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको कुमारवर्ती कलेज स्ववियु टिमले ७ ओभरमै लक्ष्य हासिल गर्यो।

खेलका म्यान अफ द म्याच घोषित भएका कुमारवर्तिका रेमन लम्काह मगरले १४ बलमा ३८ रन लिनुका साथै ३ विकेट समेत लिन सफल भएको प्रतियोगिता संयोजक किरण भुर्तेलले जानकारी दिए।खेल पाचौ दिनका प्रमुख अतिथी आरसि भट्टराईले खेल एम्पायर कमल पौडेललाइ बल हस्तान्तरण गरेर सुरु गरिएको थियो।  प्रतियोगिताको आजको खेल कावासोती १३ र हन्टर हिटलर हटेलाका विचमा हुने भुर्तेलले जानकारी दिएका छन।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑