२०८३ अषाढ ८, सोमबार
नयाँ
पछिला अपडेट

अमल्टारी-नन्दपुर : कायाकिङ प्रतियोगिता गरिँदै

२०८० माघ १९, शुक्रबार प्रकाशित ( साल अघि) ७९४ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दुमा राष्ट्रिय स्तरको कायाकिङ प्रतियोगिता हुने भएको छ ।

प्रदेश खेलकुद परिषदको आयोजनामा उक्त प्रतियोगिता नारायणी नदीमा माघ २२ र २३ गते आयोजना हुने भएको हो ।

प्रतियोगिता बारे जानकारी दिंदै गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले प्रतियोगितामा करिव २० जनाको सहभागिता रहने स्पष्ट पार्नुभएको छ ।

खेलको माध्यमबाट वाटर स्पोर्टस’को विकाससँगै खेलाडी उत्पादनका लागि प्रतियोगिता आयोजना गरिएको बताउँदै सदस्य सचिव श्रीधर शर्माले प्रतियोगिता अमलटारीबाट सुरु भएर नन्दपुर-सेहरी पुगेर समापन हुनेछ ।

मुक्तिनाथको उदगमन देखि भारत बिहारको छेउसम्म हिमाल पहाड तराईसम्म खेलको माध्यमले सम्बन्ध स्थापित हुने भन्दै चितवन रास्ट्रिय निकुन्ज ,पोखरा देखि मुस्ताङसम्म खेल पर्यटनको बिकासमा टेवा पुग्ने खेलकुद सदस्य सचिव शर्माले बताउनुभयो ।

यो ठाउँलाई कायाकिङ खेलको विकासका लागि समेत प्रवद्र्धन गर्नु प्रतियोगिताको अर्को उद्देश्य रहेको सदस्य सचिव श्रीधर शर्माले जानकारी दिनुभयो । प्रतियोगिताको सह-आयोजक नन्द भाउजू उपभोक्ता समिती रहेको छ ।

कायाकिङ एक जनामात्र बस्न मिल्ने डुंगा अर्थात कायकमार्फत खेलिने कायकिङ साहसिक खेल विधामा पर्छ । खेलमा सहभागी खेलाडीले पार गर्ने समयको आधारमा विजेता घोषणा गरिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१३%२%१%

प्रतिक्रिया दिनुहोस