२०८२ श्रावण ५, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरको गैँडाकोटमा लडेर एक महिलाको मृत्यु

२०८० माघ १६, मंगलबार प्रकाशित ( साल अघि) ९२१ पाठक संख्या

गैँडाकोट । नवलपुरको गैँडाकोटमा बाथरुममा लडेर एक महिलाको मृत्यु भएको छ ।

बाग्लुङको काठेखोला गाउँपालिका वडा नं; ५ बिहु घर भएकी ४० बर्षिया गोमा कडेलको बाथरुममा लडेर ज्यान गएको हो ।

गैँडाकोट नगरपालिका वडा नं; १५ अमरापुरी स्थित दिदिको घरमा पाहुना आएकी कडेलको आज विहान ७ स् ३० वजे बाथरुममा लडेर बेहोस अवस्थामा उद्धार गरिएको थियो ।

उपचारको लागि भरतपुरको पुरानो मेडिकल कलेज लगिएकोमा उनलाई विहान पौने ९ वजे चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
६%१%४%

प्रतिक्रिया दिनुहोस