२०८३ बैशाख २४, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा अवैध रूपमा ल्याईएको १ सय १० बोरा प्याज बरामद

२०८० पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) ११०५ पाठक संख्या

कावासोती । नवलपरासीमा भारतबाट अवैध रूपमा ल्याईएको ११० बोरा प्याज प्रहरीले बरामद गरेको छ।

प्रतापपुर गाउँपालिका ५ धर्मौली र रेगैंयाको सिमानाबाट भारतिय नम्बर प्लेटको  ट्रयाक्टरमा ल्याउदै गरेको ९२ बोरा ( ४६०० केजि ) प्याज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायव उपरीक्षक रेशम बोहराले बताउनुभयो।

घटनास्थलबाट प्रहरीले ट्रयाक्टर र ट्याक्ट्रको ट्रली नियन्त्रणमा लिएको छ भने चालक फरार रहेका छन्। साथै पाल्हिनन्दन गाउँपालिका वडा नं: ५ भगतपुरा स्थितबाट पैदल ल्याइ जम्मा गरी राखिएको अवस्थामा १८ बोरा ( ९०० केजि ) प्याज समेत प्रहरीले बरामद गरेको छ।

उक्त स्थानबाट मानिस फेला नपरेको हुँदा खोजी कार्य भैरहेको र घटनाका सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले बताएको छ। दुबै स्थानबाट गरि ११० बोरा प्याज बरामद भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस