२०८२ पौष १६, बुधबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा आगलागीबाट एक जना महिला घाईते 

२०८० पौष ६, शुक्रबार प्रकाशित ( साल अघि) ३५२८ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दुमा आगो ताप्ने क्रममा अचानक लुगामा आगो सल्किदा एकजना महिला घाईते भएकी छन्।

मन कुमारी बोहराले आफ्नै घरको भान्साकोठामा आगो ताप्ने क्रममा अचानक साडीमा आगो सल्किन गई घाईते भएकी हुन् ।

मध्यबिन्दु नगरपालिका – ५ बाखोर स्थित पतवारी टोल बस्ने ७६ वर्षीया बोहराको भान्सा कोठामा आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

आगोले जलेर घाइते भएकी मन कुमारीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा हुँदै थप उपचारका लागि भरतपुर सरकारी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगो लागि नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
९%१%५%१%२१%५%

प्रतिक्रिया दिनुहोस