२०८२ श्रावण ६, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको १०औं वार्षिक साधारण सभा सम्पन्न

२०८० पौष १, आईतबार प्रकाशित ( साल अघि) ५५७ पाठक संख्या

मध्यविन्दु । नवलपुर मध्यविन्दु – २ स्थित कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको १०औं साधारणसभा सनिवार सम्पन्न भएको छ ।

संस्थाका कार्यवाहक अध्यक्ष सुभाष चन्द नेपालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सरकारको उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री माननीय सरस्वती तिवारी अर्यालको प्रमुख अथित्यतामा सम्पन्न भएको हो ।

FB_IMG_1702763235979

कार्यक्रममा बोल्दै प्रमुख अतिथी मन्त्री अर्यालले सफा र स्वस्थ खानेपानिको लागि सधै अघि बडिरहेको बताउनुभयो । संस्थाले सधै गुणस्तरीय पानि उपभोक्तालाई उपलब्ध गराउर्नु पर्ने बताउदै, विकासका काममा सबै दल एकै ठाउँमा भएर आएको खण्डमा आफ्नो मन्त्रालयबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

FB_IMG_1702763330977

सो कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य माननीय पदमा जिसी श्रेष्ठ , पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश खेलकुद परिषद् सदस्य सचिव श्रीधर शर्मा , नवलपुर जिल्ला समन्वय समिति सदस्य लोकनाथ अर्याल , नवलपुर खानेपानी महासङ्घका अध्यक्ष खिमानन्द भुसाल, वडाअध्यक्ष तिलकराम न्यौपाने, वडाअध्यक्ष रामभक्त अधिकारी,  पूर्व वडा अध्यक्ष नारायण पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । उक्त साधारण सभामा आफ्नो आफ्नो शुभकामना मन्तव्य राख्ने क्रममा कोल्हुवा खानेपानीले यहाँ सबैलाई पर्याप्त , स्वच्छ पानी पुर्याउन निरन्तर लागेकोमा थप शुभकामना दिएका थिए । साथै अब जति सक्दो चाँडै अधिवेशन गर्नु पर्ने कुरामा वक्ताहरुले जोड दिएका थिए ।

FB_IMG_1702763299380

कार्यक्रममा संस्थाको अध्यक्ष सुभाष नेपालले संस्थाका प्रतिवेदन तथा भावि योजनाबारे जानकारी गराउनु भएको थियो । कार्यक्रमको स्वागत मन्तवय कार्यसमितिको सदस्य तारा देवी सिग्देलले गर्नु भएको थियो । भने कार्यक्रमको सहजीकरण संस्थाको सचिव सरस्वती पन्थीले गर्नुभएको हो ।

FB_IMG_1702763278417

त्यस्तै उक्त सभामा लेखा समितिका संयोजक नेत्र प्रसाद भण्डारीले लेखा प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधिहरु, वडा अध्यक्षहरु, बुद्धिजीवी, नेपाल प्रहरी, समाजसेवी ,सामाजिक अगुवाहरू तथा उपभोक्ता स्थानीयबासीको उपस्थितिमा साधारण सभा सम्पन्न भएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%२%

प्रतिक्रिया दिनुहोस