२०८३ अषाढ १३, शनिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु

२०८० मंसिर २५, सोमबार प्रकाशित ( साल अघि) ४४९१ पाठक संख्या

कावासोती । नवलपुरमा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

जिल्लाको विनयी त्रिवेणी–४, पिडरीमा गएराति ट्याक्टर दुर्घटना हुँदा ट्याक्टर चालकको मृत्यु भएको हो ।

पिडरी स्थित सडकखण्डमा लु ४ त ५५०५ नम्बरको मिस्कट लोड गरेको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा चालक मकवानपुर जिल्ला महनहरी –६ बस्ने २४ वर्षका विशाल प्रजाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।

दुर्घटना भने आईतबार राती करिब ९:३५ बजे भएको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%६%२%२६%१०%

प्रतिक्रिया दिनुहोस