२०८३ अषाढ १, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा बुवाको हत्या अभियोगमा ३५ वर्षीय छोरा पक्राउ

२०८० मंसिर १७, आईतबार प्रकाशित ( साल अघि) ७४९१ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दुमा आफ्नै बुवाको हत्या आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

आफ्नै बुवा ६० वर्षीय होम बहादुर दराईको हत्या गरेको अभियोगमा मध्यविन्दु नगरपालिका – १० टाँडी बस्ने ३५ वर्षीय रुपेश दराईलाई शनिबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

छोरा रूपेशले कुचोको डाँठले हिर्काउँदा गम्भीर घाईते भएका होम बहादुरको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अरूणखालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१९%४%१०%१%४९%१४%

प्रतिक्रिया दिनुहोस