२०८३ श्रावण २४, आईतबार
नयाँ
पछिला अपडेट

टिकटकमा तत्काल प्रतिबन्ध लगाउने सरकारको निर्णय

२०८० कार्तिक २७, सोमबार प्रकाशित ( साल अघि) १०५० पाठक संख्या

नवलपुर । सरकारले नेपालमा सामाजिक सञ्चाल टिकटकमा तत्काल प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गराउने निर्णय गरेको  हो।

पछिल्लो समय सामाजिक सद्भाव भड्काउने काम भएको भन्दै टिकटक बन्द गराउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन्।

टिकटक बन्द गराउन आवश्यक कदम अगाडि बढाउन सञ्चार मन्त्रालयमा पत्र पठाउने सहमति भएको उनले बताइन्।

‘आज निर्णयमात्रै भएको हो र यसलाई बन्द गर्न के-के गर्नुपर्ने हो मन्त्रालयले प्रक्रियामा लैजान्छ’, उनले भनिन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%६%१%

प्रतिक्रिया दिनुहोस