२०८२ पौष १, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा एक पुरुष मृत फेला

२०८० कार्तिक २४, शुक्रबार प्रकाशित ( साल अघि) ३३४६ पाठक संख्या

मध्यविन्दु । मध्यविन्दुमा एक पुरुष मृत फेला परेका छन् । गत सोमबार घरमा कसैलाई नसोधि हिडेका मध्यविन्दु – ४ लुस्लहरीमा बस्ने ५५ बर्षिय वर्ण बाहादुर शार्किको शव आज फेला परेको छ ।

मध्यविन्दुको लुस्लहरी स्थित सुनिल चौधरीको कोहि नबस्ने टिनले छाएको बासले बेरेको दुई तले घरको माथिल्लो तलामा उनि मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यलय नवलपुरका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक वेद प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।

गत सोमबार घरबाट हिँडेका उनको खोजी गर्ने क्रममा सो घरमा शव फेला परेको हो । यस घटना सम्बन्धी थप अनुसन्धान  भईरहेको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१७%२%३%१२%५%

प्रतिक्रिया दिनुहोस