२०८१ जेष्ठ १, मंगलबार
नयाँ
पछिला अपडेट

कोल्हुवा खानेपानीको प्राङ्गणमा रक्तदान

२०८० कार्तिक २१, मंगलबार प्रकाशित ( महिना अघि) ४०९ पाठक संख्या

मध्यविन्दु । नवलपुरको मध्यविन्दुमा भूकम्पपीडितको सहयोगार्थ लागी रक्तदान कार्यक्रम हुने भएको छ । कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रम कात्तिक २३ गते बिहिवार खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको कोल्हुवा खानेपानीका कार्यवाहक अध्यक्ष सुभाष नेपालले बताउनुभयो।

रक्तदान गरौँ जीवन बचाऔँ भन्ने नारासहित संस्थाले बिहिवार बिहान ९:३० देखि २:३० बजेसम्म रक्तदान कार्यक्रम गर्न लागेको हो । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति गएको भूकम्पमा परी घाइते भएका बिरामीहरूको उपचारका लागि सहयोग गर्ने उद्देश्यले सो कार्यक्रम राखिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रमलाई समाजसेवा र मानव धर्मको रुपमा लिएको समेत संस्थाले बताएको छ । सस्थानमा रहेका सम्पूर्ण कार्यसमिति तथा कर्मचारीहरुको सहभागिता रहने उक्त कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कावासोती उप-शाखा तथा नवलपुर रक्त सञ्चार सेवा केन्द्रले प्राविधिक सहयोग गर्ने संस्थाकी सचिव सरस्वती पन्थीले बताउनुभयो ।

कोल्हुवा खानेपानी सस्थानमै पहिलो पटक हुन लागेको रक्तदान कार्यक्रममा रक्तदाताहरुको उल्लेख्य सहभागिता रहने आयोजकले बताएको छ । कोल्हुवा खानेपानीको कार्यालय प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा आफ्नो सानो सहयोगले जीवन बचाउन सकिन्छ भने भावानाले यस संस्थाका पदाधीकारी, कर्मचारी, सभासद, उपभोक्ता ज्युहरु, जन प्रतिनिधि, सामाजिक व्यक्तित्वहरु, सुरक्षाकर्मी, सहकारी कर्मी, व्यवसायीहरु, युवा क्लबहरु लगायत सम्पूर्णमा उपस्थितिको लागि आग्रह समेत गरेको कार्यक्रम संयोजक सुभाष नेपालले जानकारी दिनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस