२०८२ पौष १७, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकालाई भलिबल उपाधि

२०८० कार्तिक ४, शनिबार प्रकाशित ( साल अघि) १०४० पाठक संख्या

कावासोती । देवचुलीमा आयोजित तेस्रो स्व.गोपाल सिं.भक्तिसरा लुंगेली स्मृति खुला भलिबल तथा दोस्रो महिला खुला भलिबल प्रतियोगितामा महिलातर्फ मध्यबिन्दु नगरपालिका बिजेता भएको छ ।

मध्यबिन्दु नगरपालिकाले नगद १० हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता देवचुली नगरपालिकाले नगद ५ हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको हो ।

दियो जनसेवा क्लबको आयोजनामा संचालित प्रतियोगितामा पुरुष तर्फ देवचुली ९ विशालटारले कावासोती १५ बरौलीलाई ३-२ को सेटले विजयी भएको हो  भने महिला तर्फ मध्यबिन्दु नगरपालिकाले देवचुली नगरपालिकालाई ३-० को सोझो सेटले पराजित गरेको छ ।

पुरुषतर्फ प्रतियोगिताको बिजेता देवचुली ९ विशालटारले नगद ४० हजार रुपैयाँ सहित मेडल,ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ भने उप बिजेता कावासोती १५ बरौलीले नगद २५ हजार रुपैयाँ सहित मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यसै गरि तृतीय हुने देवचुली १६ ले नगद १५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताका बिजेता,उपबिजेताहरुलाई गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहा मगर,जिल्ला समन्वय समिति नवलपुरका प्रमुख बाबुराम विश्वकर्माले पुरस्कार वितरण गर्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस