२०८३ अषाढ ९, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा भन्सार छली गरेको १३ लाखको कपडा बरामद

२०८० आश्विन २४, बुधबार प्रकाशित ( साल अघि) १९३७ पाठक संख्या

कावासोती । पश्चिम नवलपरासीमा प्रहरीले भन्सार छली गरेर ल्याउँदै गरेको करिब १३ लाखको बराबर अवैध कपडा बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुरले सरावल गाउँपालिका वडा नं। ७ को बुलन्दपुर बाट अवैध रुपमा भन्सार छली ल्याएको विभिन्न कपडाहरू बरामद गरेको हो ।

आज बिहान ५ बजेको समयमा गोप्य सूचनाको आधारमा प्रहरीले १२ लाख ७० हजार ४ सय बराबरको अवैध कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो।

भारतबाट कर छली ल्याएको उक्त कपडामा जयपुरी साडी, जयपुरी सुट, रेडिमेट बलाउज, जेन्स कुर्ती, लेडिज सुट, थान कपडा, रेडिमेट टप्स लगायतको कपडाहरू रहेको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय महेशपुर इन्चार्ज प्रहरी निरीक्षक फल बहादुर तमाङ्गको कमाण्डमा खटिएको टोलीलाई तस्करहरू ले देखेपछि कपडा छोडेर भागेपछि उक्त अवैध कपडाहरू लाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%२%२%१%१%१%

प्रतिक्रिया दिनुहोस