२०८३ बैशाख २४, बिहिबार
नयाँ
पछिला अपडेट

होङ्सी सिमेन्ट उद्योगमा ढुवानी भाडा नबढाएको भन्दै गाडी व्यवसायी आन्दोलित

२०८० भाद्र २३, शनिबार प्रकाशित ( साल अघि) ९७५ पाठक संख्या

नारायण शर्मा

नवलपुर  — चार वर्ष अघिदेखि ढुवानी भाडा नबढाएको भन्दै गाडी व्यवसायीले होङ्सी सिमेन्ट कारखानामा आज बिहानदेखि आन्दोलन गरेका छन् ।

उद्योग सञ्चालनको समयमा तय गरिएको ढुवानी दरमा हालसम्म वृद्धि नभएपछि बाध्य भएर आन्दोलन गर्नु परेको सर्दी भुटुके टिपर व्यवसायी संघका अध्यक्ष यादव पौडेलले बताए । उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थ ढुवानीमा प्रयोग हुने टिपरहरुको दररेट चार वर्ष अगाडि तय भएको थियो । हामीले पटकपटक भाडादर वृद्धि गर्न माग पनि गर्‍यौं । तर सुनुवाइ भएन, पौडेलले भने”

IMG 20230909 WA0009

उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ पाल्पाबाट ढुवानी हुन्छ । पाल्पाबाट उद्योगसम्म चुन ढुंगा ढुवानीको काम स्थानीय व्यवसायीहरुले गर्छन् । भाडादर वृद्धिको लागि जिल्ला प्रशासन कार्यालय र स्थानीय गाउँपालिकाको कार्यालयमा समेत अनुरोध गर्दा सुनुवाइ नभएको व्यवसायीहरुको गुनासो छ । ढुवानी व्यवसायीहरुले उद्योगको गेट बन्द गरेपछि अहिले उद्योग प्रवेश गर्ने र उद्योगबाट सिमेन्ट ढुवानी गर्ने मालबाहक ट्रक सञ्चालनमा समेत अवरोध पुगेको छ ।

Thumb.jpeg

इन्धनको मूल्य वृद्धि दुई गुणा बढी भइसक्दा पनि सिमेन्ट र क्लिंकर ढुवानीको भाडा पुरानै दर रेट अनुसार गरेको भन्दै चालकले बिहानैबाट होङ्सी सिमेन्टको मुख्यद्वारमा आन्दोलन गरेका हुन् । उनीहरुले सिमेन्ट कारखाना व्यवस्थापनविरुद्ध नाराबाजी समेत गरेको तीर्थ डुम्रेले जानकारी दिए । विनयी त्रिवेणी गाउँपालिकाको सर्दी भन्ने स्थानमा कारखाना रहेको छ । चिनियाँ लगानीको यो कारखाना नेपालकै ठूलो हो । बिहानैदेखि मूल गेटमा आन्दोलन गरेका कारण सिमेन्ट ढुवानी ठप्प पारेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%२%१%

प्रतिक्रिया दिनुहोस